pokhara news

पोखरामा सरकारी गाडीमा नेविसंघ कार्यकर्ता लगाए आगो

पोखरा – पोखरामा नेविसंघ कार्यकर्ताले पेट्रोल छर्केर बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका छन् । बिदाको दिन सरकारी गाडी चलाएको भन्दै सडकमा गुडिरहेको सो गाडीमा भएको आगजनीले गाडी जलेर ध्वस्त भएको छ

‘सेतो स्कुटरमा आएका युवाले गाडी जलाएको बुझिएको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने, ‘हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथि निगरानी बढाएका छौं ।’

सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघको शनिवार सरकारी गाडी चल्न नदिने निर्णय गरेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । सवारीसाधनको दुरुपयोग बढेकोले शान्तिपूर्णरुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहेपनि आक्रोशमा त्यस्तो घटना भएको हुनसक्ने बताए ।

नेविसंघमाथि आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनायो । पोखरा महानगरपालिकामा स्वास्थ्य विभागको परीक्षा सञ्चालनका लागि कर्मचारी लिन जाँदै गरेको गाडी २ युवाले रोकेर जलाएको स्थानीयले बताए ।

6 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु