pokhara news

बिपद जोखिम व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सुरु

स्याङजाको भीरकोट नगरपालिकामा बिपद जोखिम व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । नगरपालिकाले आईपर्ने विपद् जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी दिने उद्देश्यले अभिमुखीकरणको आयोजना गरेको हो । कार्यक्रममा विपद र विपद व्यवस्थापन, विपद र विकास बिचको सम्बन्ध, चुनौती र अवसर, नेपालमा विपद जोखिम न्युकिरण, यसका निति, नियम, केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका, स्थानीय तहले उत्थानशील विकासका लागी तयार गर्नुपर्ने नितिगत र संस्थागत व्यवस्थाको पहिचान, स्थानीय विपद तथा जलवायू उत्थानशील योजना र तर्जुमा विधिलगायतका विषयमा प्रशिक्षण दिईनेछ । कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले विपदलाई व्यवस्थापन तथा न्युनिकरणका लागी के कस्ता उपाय अपनाउने भन्ने विषयमा कार्यक्रम फलदायी रहने बताउनुभयो ।कार्यक्रममा जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा उपप्रमुख सिमा केसीकर्माचार्यले प्रकाश पार्नुभएको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु