pokhara news

बैंकर डा.मल्लको पुस्तक ‘सफलता सम्भव छ’ पोखरामा लोकार्पण

पोखरा २३ असार बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा आज विमोचन गरिएको छ । सो पुस्तक पोखरेली यूवा साँस्कृतीक परिवारको आयोजनमा गृहलोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, बरिष्ठ साहित्कार एब्म संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पोखरेली यूवा साँस्कृतीक परिवारका सल्लाहाकार ईश्वरमणी अधिकारी, पोखरेली युवा साँस्कृतीक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्याकार सरस्वती प्रतिक्षाले एकसाथ बिमोचन गरे । कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे । उनले मानिसको जिवनलाई सफलतापुर्वक बिताउन पुस्तक उपयोगि हुने बताए । अहिले बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तीहरु पुस्तक लेखन तर्फ लागेको बताउदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो । बरिष्ठ साहित्यकार संस्कृतीकर्मी तिर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिदै पुस्तक सबैको लागि पठनिय भएको बताए । बिफलताहरु सफलताका सपनाहरु भएको उनको भनाई थियो । पोखरेली यूवा साँस्कृतीक परिवारका सल्लाहाकार ईश्वरमणी अधिकारीले पुस्तकमाथि परिचर्चा एबम् समिक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ ओटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनाँको भनाई रहेको थियो । लेखक डा. मल्लले पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान गौतम बुद्ध लगायतका हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको बताए । पोखरेली यूवा साँस्कृतीक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझँ पनि पुस्तक बिमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लेखको परिचय पत्रकार सञ्जयकुमार मल्ले गरेका थिए । पुस्तकको गएको असार २ गते काठमाडौमा समेत बिमोचन गरिएको थियो । पोखरेली यूवा साँस्कृतीक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।

24 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु