महामारीको लागि पूर्ण तयारीमा रहन जि. स .स. कास्की प्रमुख पौडेलको आग्रह
असार ११, पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ। पौडेलले द्रुत प्रतिकार्य समूह( Rapid Response Team) परिचालन सम्बन्धि जिल्ला स्तरिय महामारीको बहुनिकाय समन्वय बैठकको अध्यक्षता गर्दै महामारीको कुनै समय नहुने र सम्भाबित क्षती कम गर्न पूर्ण तयारी आबश्यक भएकोले महामारी पछि मात्रै समाधानका उपाय खोज्ने प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभएको हो। उहाँले प्रकोप र जनस्वास्थसंग सम्बन्धित बिषय जनताको जीबनसङ्ग प्रत्यक्ष सरोकार राख्ने हुँदा जीवन सुरक्षा पहिलो शर्तको रूपमा लिन आग्रह गर्नुभयो। पौडेलले जिल्लाका विभिन्न स्थानमा पशुमा लम्की स्किन रोगको महामारीका कारण कृषि उद्धमीहरूले आर्थिक नोक्सानी ब्यहोर्नु परेकोले समयमै नियन्त्रणमा लिने ब्यबस्था तत्काल मिलाउन स्थानिय तह सहित प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले महामारीको सामनाका लागि स्पस्ट योजना र कार्यान्वयनको रूपरेखा सहित तयारी अबस्थामा रहन जिल्ला स्थित सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो । कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कास्किमा देखिएका स्वास्थसंग सम्बन्धित संभाबित महामारीहरूका बारेमा चर्चा गर्दै महामारीबाट कम क्षती हुने बैज्ञानिक तयारी हुनुपर्ने उल्लेख गर्नु भयो। जिल्ला स्वास्थ कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले तयारी र योजनाको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा कास्कीका पाँच ओटै स्थानिय तहका स्वास्थ शाखा प्रमुख , र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment