रामपुरको बेझाँड बजार पसलमा चोरी
बढ्दो शहरीकरण संगै पाल्पाको रामपुरमा पछिल्लो समय चोरी घटना बढ्दै गएको छ । केही महिना अघि सहकारी बाट लाखौं रुपैयाँको चोरी भएको खबर सेलाउन नपाउँदै मंगलबार राति रामपुरको बेझाँड बजार चोकको दुई हार्डवयर पसलमा चोरी भएको छ । सहकारी चोरीमा संलग्न चोर पत्ता लगाउन नसकिरहेको अवस्थामा प्रशासनलाई चुनौती दिदै मंगलबार राति रामपुरको मुख्य बजार बेझाँड तल्लो चोक कै दुई हार्डवयर पसलमा चोरी भएको हो । फरक किसिम बाट भएको चोरीको घटनाले सटरको भरमा आफ्ना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले असुरक्षित भएको महसुस गरेका छन् । बन्द रहेको सटरलाई विच भाग बाट बाङ्गो बनाई खोलेर काउन्टरमा रहेको पैसा लुटेर लगेका थिए । चन्द्र सुर्य हार्डवयर प्रा.लि र लुम्बिनी हार्डवयरको केही रकम मात्र चोरी भए पनि फरक किसिम बाट भएको चोरीले व्यवसायीहरुमा थप त्रास थपेको हो । चोरले चन्द्र सुर्य हार्डवयर प्रा.लिको १८ देखि २२ हजार बराबरको नगद र लुम्बिनी हार्डवयरको १५ हजार ५ सय चोरी भएको सञ्चालकहरुले बताएका छन् । उनीहरुले ठूलो परिमाणको रकम काउन्टरमा नराखेकाले ठूलो चोरी हुन बाट बचेको बताएका छन् । चन्द्र सुर्य हार्डवयर प्रा.लिका सञ्चालक सुरेन्द्र आचार्य चोरी बाट केही मात्र रकम चोरी भए पनि फरक किसिम बाट भएको चोरीले थप शसंकित बनाएको बताउनुभयो । उहाँले मंगलबार राति भएको घटनाले सबैलाई सटरको मात्र भर पर्न नहुनेमा सचेत गराएको बताउनुभयो । चोरी रातको समयमा भएकाले विहान पसल खोल्ने क्रममा मात्र चोरी भएको थाहा भएको थियो । चोरी विषयमा अनुशन्धान भै रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment