रोटरी क्लब अफ गण्डकीको नेतृत्वमा किसान
पोखरा १५ असार
रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् ।रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा अध्यक्ष भएका सुनार नेतृत्वको क्लबमा ४४ जना चार्टर सदस्य छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३ का जीतेन्द्रबहादुर राजभण्डारीले पिन प्रदानसँगै सपथ खुवाए । ‘रोटरी गण्डकीको नेतृत्वमा नयाँ जुजारु टिम आएको छ, रोटरी जहिलेपनि समाजसेवाको भावनामा क्रियाशिल हुनुपर्छ’, रोटरी गर्भनर राजभण्डारीले भने, ‘जहिले पनि सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्नुपर्छ ।’ रोटरी अभियान केःहो भनेर सबैलाई युवा देखि महिलाहरु सबैलाई बुझाउन आवश्यक रहेको रोटरी २०२२–२३ डिस्ट्रिक गर्भनर राजभण्डारीले बताए । ‘रोटरी अभियान काम धेरै गरौं कुरा कम गरौ, रोटरी अभियान केःहो भनेर सबैलाई बुझाउन आवश्यक छ’, उनले भने, ‘रोटरी अभियानमा युवायुवती देखि सबैलाई यसका बारेमा जानकारी गराउन आवश्यक छ ।’ रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्ने बताए । ‘रोटरी क्लब सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै कायम गर्ने प्रतिवद्धता गरेको छु’, अध्यक्ष सुनारले भने,‘हामीले रोटरी केःहो सबैलाई बुझाउछौं, रोटरीले गर्दै आएको कामलाई निरन्तरतासँगै नयाँ कार्यक्रमलाई जोडेर लैजान्छौं ।’ उनले प्रदेशको स्वास्थ्य क्षेत्रदेखि लागूऔषध विरुद्धको अभियान कार्यक्रमलाई जोडेर जाने बताए । ‘क्लबले प्रदेश भित्र स्वास्थ्य क्षेत्रका कार्यक्रम, वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाउनेछौं’ उनले भने, ‘पोखरामा लागूऔषध प्रयोगकर्ताको बढ्दै गएका छन् यसलाई कम गर्न लागूऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजना गर्नेछौं ।’ अध्यक्ष सुनारले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि स्थानीय उत्पादन र प्रवद्र्धनमा सहयोग गने बताए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment