pokhara news

रोपाइं महोत्सव


पोखरा १५ असार 
कास्कीका फांट हरुमा असार १५ को रमाइलो छ ।मुख्यतया हेम्जा ,दोविल्ला ,पामे लगाएतका ठाउंहरुमा रोपाइं महोत्सवको आयोजना गरिएको छ जहां आन्तरिक र वाह्य पर्यटक हरु रमाइ रहेका छन ।
कास्की जिल्लामा हरेक वर्ष रोपाइं महोत्सव आयोजना हुने गरेको छ । आन्तरिक र वाह्य पर्यटक हरु हिलो खेल्ने  धान रोप्ने तथा अनेकौं खेल खेलेर रमाउने गर्दछन ।हरेक वर्ष आयोजना हुने यस्ता महोत्सव हरु विभीन्न संघ सस्था हरुले आयोजना गर्ने गर्दछन । महोत्सव संगै दहिचिउरा खाने चलन पनि असार १५मा छ ।
मानो रोपेर मुरी उव्जाउने यो असारको महिनामा रोपाइंले आफ्नै महत्व राख्छ ।यसै मौका छोपेर आयोजना हुने रोपाइ महोत्सवले सांस्कृति महत्व समेत राख्ने गरेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु