pokhara news

लायन्स क्लव अफ पोखरा मेट्रोसिटीको बृक्षरोपण कार्यक्रम सम्पन्न l

पोखरा , असार २३ गते

  लायन्स क्लव अफ पोखरा मेट्रोसिटी ले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लव ३२५ एल का रिजनचियरपर्सन प्रभा भुजेलले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुजेलले बृक्षरोपण जस्ता कार्यक्रमहरु ले वातावरणीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता मानवीय संवेदनाका कार्यक्रमहरुमा लायन्स क्लब सधै साथ रहने पनि बताउनुभयो। कार्यक्रममा जोन चियरपर्सन सरोज बाग्ले संस्थापक अध्यक्ष कमल पराजुली पुर्व अध्यक्ष केदार कोइराला कोषाध्यक्ष रामभक्त भट्टराई लायन गौतम पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम लायन्स क्लव अफ पोखरा मेट्रोसिटीका अध्यक्ष अमृत कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु