pokhara news

वास्तविक कृषक राज्यको सुविधावाट वञ्चीत

कृष्ण अन्जान ज्ञवाली 
पोखरा 
सरकार यतिवेला समृद्धिका कुरा गरिरहेको छ ।समृद्धिका लागि उत्पादन मुलक काममा लाग्न पनि सरकारले सवैलाइ आह्वान गरेको छ ।सरकारका मन्त्रि हरुले शुखि नेपाली समृद्ध नेपालका नाराहरु जनताका माझ वांड्दै हिंडेका छन तर समृद्धि भाषणले होइन कामले आउंछ भन्ने जनतालाइ वढि थाहा छ ।
मिलीजुलि गाइ फार्म कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं १६ अर्मला मा स्थापित कृषि फार्म हो जहां यस वडाका १० जना जागरुक कृषक हरुले व्यवसायिक गाइ पालन गर्दछन ।करिव ५ वर्ष वित्न लाग्यो यो ठाउंमा गाइ पालन शुरु गरेको ।विक्रम सम्वत २०७१ सालमा ८ वटा होलस्टन जातका गाइ भारतको पटना वाट ल्याएर पाल्न थालेको ५ वर्ष वित्दै छ र यतिवेला यो फार्ममा ७२ वटा उन्नत खालका गाइ छन । अर्मलामा ३० रोपनि जग्गा भाडामा लिएर शुरु गरेको याृ गाइ फार्ममा २ करोडको लगानी छ यतिवेला ।दैनिक ३ सय लिटर दुधवाट दिनको २४ हजार भन्दा वढि आम्नादी हुने यो फार्म यो क्षेत्रकै नमुना गाइ फार्मको रुपमा रहेको फार्मका सञ्चालक प्रकाश अधिकारीको दावि छ ।

उन्नत जातका गाइको मुल्य प्रति गाइ १ लाख देखि १ लाख पचास हजार सम्म पर्छ ।मुख्यतया होलस्टेन र जर्सि जातका गाइ हरु यो फार्ममा पालिएको गाइ फार्मका सञ्चालक शुभाष वावु अधिकारीको भनाइ छ । समृद्ध नेपाल वनाउन कृषिमा क्रान्ति ल्याउने र उत्पादनमुलक काममा लागेका यो गाइ फार्मका किसान हरुलाइ राज्यले हेर्दैन ।राज्यले वास्तविक किसानहरुलाइ केहि देला भनेर आशा उनिहरुको छैन । यहांता फार्ममा गाइ पाल्नेले भन्दा झोलामा गाइ फार्म वोकेर हिंडने नक्कलि कृषक हरुको अत्यधिक वोलवाला हुने गरेका ेपहुंचका भरमा अनुदान पनि झोलामा गाइ फार्म वोकेर हिंडने हरुले कुम्ल्याएको वास्तवीक किसानको ठम्याइ छ ।
त्यसोत जन प्रतिनिधीहरुले पनि किसानले कृषिमा क्रान्ती ल्याउनु पर्छ भन्ने गरेका छन ।स्थानिय निकायको निर्वाचन पछि पोखरा महानगर पालिका वाट करिव १२ करोड भन्दा वढि लगानी कृषि क्षेत्रमा भएको स्थानिय प्रतिनीधीहरुको दावि छ ।
समृद्धिको सपना वोकेर गाइ फार्म खोल्ने यो फार्म सन्चालक हरु सवै सचेत र शिक्षीत राजनैतिक कार्यकर्ता हुन  ।समाजमा आफुले केहि गरेर देखाए मात्र समाजले केहि सिक्छकी भन्ने मान्यता राखेर गाइ फार्म सन्चालन गरेका उनिहरु पनि राज्यको पक्षपाति व्यवहारले वाक्क भएका छन ।


 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर