शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्च गठन,
स्याङजाको वालिङ बहुमुखी क्याम्पसमा शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ । शनिबार एक कार्यक्रम गर्दै क्याम्पसमा शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको हो । गठित शिक्षक अभिभावक संघको तदर्थ समितिको संयोजकमा ढाकाराम अर्याल चयन हुनुभएको छ । अर्यालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । समितिका सदस्यहरुमा रोसन कुँवर, निर्भीक नारायण भुर्तेल, पदम बहादुर खत्रि, शिव अर्याल, बिमला देवी श्रेष्ठ, टंक प्रसाद खनाल, नर भुपाल गैह्रे, इन्द्र बहादुर चर्मकार, हुमकान्त कोईराला, तारा प्रसाद भुषाल, पदमपानी काफ्ले, अमृत प्रसाद खनाल, गोपाल प्रसाद पौडेल र सच्चिदान्द यादव रहेका छन । त्यसै गरी पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा दिलिपकुमार बगाले चयन हुनुभएको छ । मञ्चको उपाध्यक्षमा विष्णु गैह्रे, सचिव राजेन्द्र डुम्रे, सहचिवमा फणिनारायण रेग्मि र कोषाध्यक्षमा विकास लम्साल चयन हुनुभएको छ । मञ्चको सदस्यहरुमा धुब्र पंगेनि, शिव डुम्रे, सीता गौडेल, अमृत अर्याल, उमेश थापा र शम्भूप्रसाद अर्याल चयन भएका छन । क्याम्पस र विद्यार्थीको शैक्षिक गुणस्तरलाई सुधार ल्याउने उद्देश्यले क्याम्पसमा शिक्षक अभिभावाक तथा पूर्व विद्यार्थी मञ्च गठन गरिएको हो । कार्यक्रमममा वालिङ बहुमुखी क्याम्पसका सञ्चालक अध्यक्ष तथा गण्डकी प्रदेश विधायन सभाका सभापति माननीय सांसद मोहन रेग्मीले गठित तदर्थ समितिलाई बधाई दिनु भएको थियो । सभापति रेग्मीले यो जिम्मेवारीलाई गहनताका साथ लिएर भोलिका दिनमा सबै क्षेत्रलाई समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment