pokhara news

शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्च गठन, 



स्याङजाको वालिङ बहुमुखी क्याम्पसमा शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।  शनिबार एक कार्यक्रम गर्दै क्याम्पसमा शिक्षक अभिभावक संघ एवम् पूर्व विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको हो । गठित शिक्षक अभिभावक संघको तदर्थ समितिको संयोजकमा ढाकाराम अर्याल चयन हुनुभएको छ । अर्यालको  संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । समितिका सदस्यहरुमा रोसन कुँवर, निर्भीक नारायण भुर्तेल, पदम बहादुर खत्रि, शिव अर्याल, बिमला देवी श्रेष्ठ, टंक प्रसाद खनाल, नर भुपाल गैह्रे, इन्द्र बहादुर चर्मकार, हुमकान्त कोईराला, तारा प्रसाद भुषाल, पदमपानी काफ्ले, अमृत प्रसाद खनाल, गोपाल प्रसाद पौडेल र सच्चिदान्द यादव रहेका छन । त्यसै गरी पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा दिलिपकुमार बगाले चयन हुनुभएको छ । मञ्चको उपाध्यक्षमा विष्णु गैह्रे, सचिव राजेन्द्र डुम्रे, सहचिवमा फणिनारायण रेग्मि र कोषाध्यक्षमा विकास लम्साल चयन हुनुभएको छ । मञ्चको सदस्यहरुमा धुब्र पंगेनि, शिव डुम्रे, सीता गौडेल, अमृत अर्याल, उमेश थापा र शम्भूप्रसाद अर्याल चयन भएका छन । क्याम्पस र विद्यार्थीको शैक्षिक गुणस्तरलाई सुधार ल्याउने उद्देश्यले क्याम्पसमा  शिक्षक अभिभावाक तथा पूर्व विद्यार्थी मञ्च गठन गरिएको हो । कार्यक्रमममा वालिङ बहुमुखी क्याम्पसका सञ्चालक अध्यक्ष तथा गण्डकी प्रदेश विधायन सभाका सभापति माननीय सांसद मोहन रेग्मीले गठित तदर्थ समितिलाई बधाई दिनु भएको थियो ।  सभापति रेग्मीले यो जिम्मेवारीलाई गहनताका साथ लिएर भोलिका दिनमा सबै क्षेत्रलाई समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु