सरकारले पर्साको कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने
सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ । लामो समय देखि बन्द रहेको कारखानाको स्थलगत अध्ययन पछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताउनुभएको हो । मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेका सामाग्रीको अवस्था अध्ययन गर्नका टोली गठन गरेको भन्दै उहाँले सो अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनका आधारमा उद्योग संञ्चालनको मोडालिटी तयार गरिने बताउनुभयो । अत्यन्तै प्रतिष्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मुल्यांकन गरि नया ढंगले उद्योग सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक बर्ष २०७५÷७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्र्तगत राखि निजी क्षेत्रलाई संचालनको जिम्मेवारी सुम्पिएको थियो । त्यसपछि पनि कारखाना संचालन सहज नभएपछि २०५९ चैत ४ गतेको मन्त्रीपरिषद् बैठकबाट सरकारले उद्योग खारेज गर्ने निर्णय गरेको थियो । खारेजीको समयमा १ सय ८० जना स्थायी कामदार कर्मचारी थिए । हाल कारखानामा नायब सुब्बा सरहका एक जना सुरक्षा इन्चार्ज र ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment