pokhara news

सरकारले पर्साको कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने 

सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ । लामो समय देखि बन्द रहेको कारखानाको स्थलगत अध्ययन पछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताउनुभएको हो । मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेका सामाग्रीको अवस्था अध्ययन गर्नका टोली गठन गरेको भन्दै उहाँले सो अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनका आधारमा उद्योग संञ्चालनको मोडालिटी तयार गरिने बताउनुभयो । अत्यन्तै प्रतिष्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मुल्यांकन गरि नया ढंगले उद्योग सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो ।  आर्थिक बर्ष २०७५÷७६ को बजेटमा  कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्र्तगत राखि निजी क्षेत्रलाई संचालनको जिम्मेवारी सुम्पिएको थियो । त्यसपछि पनि कारखाना संचालन सहज नभएपछि २०५९ चैत ४ गतेको मन्त्रीपरिषद् बैठकबाट सरकारले उद्योग खारेज गर्ने निर्णय गरेको थियो । खारेजीको समयमा १ सय ८० जना स्थायी कामदार कर्मचारी थिए । हाल कारखानामा नायब सुब्बा सरहका एक जना सुरक्षा इन्चार्ज र ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु