सहकारीमा अध्यक्ष भूमिका विषयक लघु गोष्ठी
बागलुङ, ११ असार राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीमा अध्यक्षहरुको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न भएको छ । सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्नु पर्ने नेतृत्वदायी भूमिकाका विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सहकारीहरुलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुसंगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरुलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसंग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए । केही सहकारी संस्थाहरुले वचत फिर्ता गर्न नसकेका कारण सबै सहकारीप्रति अविश्वास बढ्दै गएको भन्दै सहभागीहरुले खरावलाई कार्वाही गर्न र राम्रो काम गर्नेहरुप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । सहकारीहरुलाई समस्या पर्दा छाता संघहरु र राष्ट्रिय सहकारी बैंकले सहजीकरणको काम गर्नु पर्ने, राज्यका निकायहरुले नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था तथा बैंकका तर्फबाट भैरहेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बैंकको वित्तीय अवस्था र शाखाबाट सञ्चालन भैरहेका सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment