pokhara news

सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार


सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ बालअधिकार सम्बन्धी एकदिवसीय सचेतनामुलक कार्यक्रम बुधबार भीरकोटमा सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक विकस मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माविका बालक्लब, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले विद्यालय, घरपरिवारका साथै सार्वजानिक स्थल समेत बालमैत्रि हुनुपर्ने भन्दै बालबालिका समाज तथा मुलुकको कर्णधार रहेको बताउनुभयो । कार्यक्रममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, बालअधिकार महासन्धी नेपालको संविधान २०७२, बालबालिका ऐन,, स्थानीय  सकरार संचालन २०७४ मा बालअधिकार सम्बन्धी व्यवस्थालगायतलका विषयमा सहजीकरण गरिएको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु