pokhara news

स्याङ्जा पहिरो : एकै परिवारका आमाछोरीको मृत्यु

स्याङ्जाको फेदिखोला गाउँपालिका -५ बाँगेमा आएको पहिरोमा एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण गएराती मध्यरातमा २०/२५ मिटर माथीबाट आएको पहिरोले घर पुर्दा घरमा सुतिरहेका ३१ वर्षीय दुर्गा जिटि र उनकी ३ वर्षीय छोरी निसिका जिटिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले पहिरोले पुरिएको ढुङ्गा, माटो र टिनले छाएको एक तले घरमा सुतिरहेका आमाछोरी र घर नजिकैको गोठमा रहेको भैँसीको समेत मृत्यु भएको बताए  ।

वर्षासङ्गै बढेको आँधीखोलाले बगाएर दुई दिन अघि मात्र स्याङ्जा पुतलीबजार नगरपालिका -१४ का ३५ वर्षीय सुर्य प्रसाद भण्डारीको मृत्यु भएको थियो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर