मैले स्लिप गरेकै हो...कोईराला
नेपाली काँंग्रेसका महामन्त्री सशाङ्क कोईरालाले हिन्दु राष्ट्र र जनमत संग्रहको विषयमा आँफु चिप्लिएको बताएका छन् । गएको होलीमा उनले हिन्दु राष्ट्रको लागि जनमत संग्रहको पक्षमा भएको टिप्पणी दिएका थिए । त्यस यता पार्टीभित्रैबाट पनि लगातार विरोध हुन थालेपछि कोईरालाले मंँगलबार प्रेस युनियन स्याङजाको पत्रकार सम्मेलनमा बोल्दै आफू स्लिप भएको स्वीकार गर्नुभएको हो । ‘त्यो होलीको दिन थियो मैले स्लिप गरेकै हो’ ‘पत्रकारहरुले घुमाईफिराई प्रश्न राखे उहाको भनाइ थियो । महामन्त्री कोईरालाले आँफू हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा रहेको समेत स्पष्ट पार्नुभएको छ । ‘म चाहिँ हिन्दु राष्ट्रको पक्षमा नभई धर्म स्वतन्त्रताको पक्षमा छु, मेरो ठाउँमा धेरै मान्छेहरु छन्, जसले प्रेसर हाल्छन्, तर म हिन्दु राष्ट्र नभई स्वतन्त्र धर्मको पक्षमा छु कोईरालाको धारणा थियो । प्रतिपक्षीको आवाज कमजोर भईरहेको टिकाटिप्पणी आईरहेकोे, हाम्रो आवाज कम भएकै हो, सदनमा हामी संख्यामा पनि कमी छौँ भन्दै कोईरालाले वाईडबडीमा दोषीलाई कारबाही हुनै पर्ने भन्दै पार्टी सशक्त प्रतिपक्षीको भुमिकामा केहि कमजोर देखिएको समेत बताउनुभयो । देश टुक्र्याउन खोज्ने सिके राउतसंँगको सहमति र विप्लब प्रतिको प्रतिवन्द दुवै विवादास्पद रहेको उहाँको भनाई थियो । यसैगरी कोईरालाले बिपीको सिद्धान्त र मार्गचित्रमा हिँड्ने व्यक्ति नै सच्चा सपुत हुने बताउनुभयो । बिपी पुत्र हुँदैमा पार्टी सभापति बन्नेभन्दा पनि बिपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढ्ने दोश्रो व्यक्ति नेतृत्वमा आउनुपर्ने महामन्त्री कोईरालाको भनाई छ ।


2 Comments
JYZWfViNebxkm
2024-06-02 23:17:56
MkyuhZxtSK
JYZWfViNebxkm
2024-06-02 23:17:58
MkyuhZxtSK