pokhara news

अफगानिस्तानमा ब्युटिपार्लर बन्द गर्न तालिबानको अल्टिमेटम

२० असार, काठमाडौं अफगानिस्तानमा तालिबान सरकारले महिलाका लागि ब्युटी सैलुन (पार्लर)हरू एक महिनाभित्र बन्द गर्न आदेश दिएको छ । सार्वजनिक स्थानमा अफगान महिलाको पहुँच घटिरहँदा नैतिकता मन्त्रालयले सूचना जारी गर्दै यस्तो आदेश दिएको हो । महिलाका लागि ब्युटी पार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ,' मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसार सम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भनेका छन् । अफगान सरकारको प्रतिबन्धलाई लिएर संयुक्त राष्ट्रसंघसहित विभिन्न देशले भने आलोचना गर्दै आएका छन् । २०२१ मा तालिबानले अमेरिकी समर्थनको सरकार हटाएर सत्ता कब्जा गरेयता नै किशोरी तथा महिलाहरूमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । गत वर्ष अधिकारीहरूले स्कुल तथा कलेजमा किशोरी र महिलाहरूका लागि प्रतिबन्ध लगाएका थिए । साथै अधिकांश सार्वजनिक स्थानमा महिलालाई प्रतिबन्ध लगाइएको छ । २००१ मा अफगानिस्तानमा अमेरिकाले आक्रमण गरेपछि काबुल र अन्य केही सहरहरूमा ब्युटी सैलुनहरू खोलिएका थिए । दुई वर्षअघि तालिबान सत्तामा फर्किएपछि पनि तीमध्ये केही सैलुनहरू भने साइनबोर्ड तथा झ्यालहरू बन्द गर्दै सञ्चालनमा रहेका थिए । साथै कतिपय महिलाहरू तिनमा संलग्न रहेको बताइन्छ । पछिल्लो समय तालिबान प्रशासनले तिनै सैलुनहरू पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

18 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु