pokhara news

डा. जगमान गुरुङद्वारा रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन

पोखरा, २ साउन । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे । प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथ प्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु स्तुत्य भएको जनाए । कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको सङ्गत र व्यक्तित्वमाथि आआफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्च मध्ये कार्कीले उल्लेखनीय भूमिका खेलको स्मरण गरे । स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँशिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।

15 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु