pokhara news

प्रदेश खेलकुद गण्डकीले खेलकुद कार्यक्रममा खादा र दोसल्ला प्रयोग नर्गने

पोखरा असार १८ प्रदेश खेलकुद परिषद गण्डकीले खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरुमा खादा र दोसल्लाको प्रयोग नर्गने भएको छ । परिषदको पाँचौ पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित गर्ने भएको हो । परिषद तथा सो अन्तर्गत गठित जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने तथा परिषद तथा समितिले प्रतियोगिता आयोजना गर्दा आर्थिक सहयोग गर्ने कुनै पनि प्रतियोगिता तथा कार्यक्रमहरुमा खादा र दोसल्ला प्रयोग नर्गन परिषदले भनेको छ । सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद कार्यक्रममा अनावश्यक रुपमा बढ्दै गएको खादा र दोसल्लाको प्रयोग रोक्ने निर्णय गरिएको बताउँदै यसले अनावश्यक रुपमा बढ्ने फजुल खर्च समेत रोकिने बताए । उनले भने–“खेलकुदका कार्यक्रममा फेसनको रुपमा खादा र दोसल्लाको प्रयोगले अनावश्यक खर्च बढेको छ” उनले थपे–“हामीले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेका हुन्छौं । तर अनावश्यक खादा र दोसल्लामा खर्च थपिएको छ ।” कार्यक्रम सकिए लगतै प्रयोग विहिन हुने खादा र दोसल्लाको निरुत्सहानका लागि सबै खेलकुद संघ–संस्था, जिल्ला खेलकुद विकास समितिहरुलाई आह्वान गरिएको बताउँदै खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा वातावरणमैत्री सामाग्रीहरुको प्रयोगहरुलाई जोड दिइएको सदस्य सचिव शर्माले बताए ।

24 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु