pokhara news

राष्ट्रिय धान दिवस तथा रोपाइं महोत्सव

पोखरा १५ असार

२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको नेपालमा आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज कास्कीका फांटहरुमा असार १५ को रमाइलो छ ।मुख्यतया हेम्जा ,दोविल्ला ,पामे लगाएतका ठाउंहरुमा रोपाइं महोत्सवको आयोजना गरिएको छ जहां आन्तरिक र वाह्य पर्यटक हरु रमाइ रहेका छन ।कास्की जिल्लामा हरेक वर्ष रोपाइं महोत्सव आयोजना हुने गरेको छ । आन्तरिक र वाह्य पर्यटक हरु हिलो खेल्ने धान रोप्ने तथा अनेकौं खेल खेलेर रमाउने गर्दछन ।हरेक वर्ष आयोजना हुने यस्ता महोत्सव हरु विभीन्न संघ सस्था हरुले आयोजना गर्ने गर्दछन । महोत्सव संगै दहिचिउरा खाने चलन पनि असार १५मा छ । मानो रोपेर मुरी उव्जाउने यो असारको महिनामा रोपाइंले आफ्नै महत्व राख्छ ।यसै मौका छोपेर आयोजना हुने रोपाइ महोत्सवले सांस्कृति महत्व समेत राख्ने गरेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु