pokhara news

लेखनाथको डायमण्डमा स्मार्ट प्रविधि मार्फत अध्यापन गराईने

असार १८ लेखनाथ पोखराको लेखनाथमा रहेको डायमण्ड माध्यामिक विद्यालयले स्मार्ट प्रविधि मार्फत कक्षा संचालनको शुभारंभ गरेको छ । गुरुपूर्णिमाका दिन सोमबार देखी विद्यालयमा आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्ट्डी स्मार्ट विथ माई सेकेण्ड टिचर कार्यक्रमको शुभारंभ गरेको हो । कप्यूटर, आईप्याड, आईफोन, ल्यापटपको प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लीकेसनमा आफ्नो युजर आईडी मार्फत पाठ्य सामाग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सक्नेछन् । यो प्रविधि डायमण्ड मा.वि ले यस क्षेत्रमा पहिलो पटक प्रयोग गरेको हो । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोश्रो शिक्षक सिकाईका रुपमा अगाडी बढाईने विद्यालयले जनाएको छ । कार्यक्रमको शुभारंभ गर्दै, पोखरा विश्वविद्यालयका पूर्व डिन प्रा.डा. इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । उनले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकरात्मक भएको उल्लेख गरे । शिक्षाविद् तिवारीले शिक्षणमा एप्सको प्रयोग गरी डिजिटल पाठ्यक्रमको बिकास गरी विद्यार्थीलाई अभ्यस्त गराउन सकिने बताए । कार्यक्रममा लक्ष्मी आदर्श मा.वि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गर्नु पर्नेमा जोड दिएका थिए । लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिए । उनले प्रविधि मार्फत अभिभावकहरुले उत्तरदायित्व पुरा गर्ने गरी जोड्नु पर्ने बताए । विद्यालयका संस्थापक प्राचार्य एम बहादुर रोकाले पछिल्लो पुस्ता प्रविधि अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको उल्लेख गरे ।

21 Comments

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

Get Newsletter

बिशेष फलोअफ समचारहरु